Logo

मुख्य समाचार

दोलखा अपडेट: माओवादीका कार्कीलाई उछिन्दै एमालेका बालकृष्ण शिवाकोटी ३६ मत अन्तरले अगाडि



काठमाडौं । दोलखामा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटी र नेकपा माओवादी उम्मेदवार गंगा कार्कीबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

ओराङ क्षेत्रको मतगणना सकिंदा एमाले उम्मेदवार शिवाकोटी माओवादीका कार्कीभन्दा ३६ मत अन्तरले अगाडि छन् । शिवाकोटीको ३३ हजार ९३९ र कार्कीको ३३ हजार ९०३ मत छ । ओराङको मत गन्नुअघि कार्की ११४ मत अन्तरले अघि थिए ।

अब विगु गाउँपालिकाको लामाबगर, शैलुङ गाउँपालिकाका दूधपोखरी र भुषाफेदा र मेलुङ गाउँपालिकाको पवटीको मत गणना हुन बाँकी छ । मत गणना अन्तिम चरणमा आइपुग्दा प्रतिस्पर्धा पनि रोचक बनेको छ ।

मंसिर ४ गतेको निर्वाचनमा दोलखाका १० क्षेत्रमा धाँधली भएको निष्कर्षसहित ती क्षेत्रमा मंसिर १५ गते पुन: निर्वाचन भएको थियो ।

प्रदेश सभा १ बाट भने नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले विजयी भइसकेका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ७ : ३५ बजे