काठमाडौं । नेकपा माओवादी केन्द्रका सुदन किराती भोजपुरबाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।
किराती २८ हजार ५७८ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका शेरधन राईले २६ हजार १९३ मत पाए ।
सुदनले दुई हजार ३८५ मतान्तरले चुनाव जितेका हुन् । यो क्षेत्रबाट ०७४ सालमा सुदन नै निर्वाचित भएका थिए । ०७४ को चुनावमा शेरधन प्रदेश १ सभामा चुनाव लडेका थिए । उनी मुख्यमन्त्री पनि बनेका थिए ।
प्रतिक्रिया