काठमाडौं । अछाम-१ को मतगणना दिउँसो ३ बजेपछि मात्र हुने भएको छ । भर्खरै सकिएको सर्वदलीय बैठकबाट दिउँसो ३ बजेपछि मात्र मतगणना सुरु गर्ने सहमति भएको स्थानीय विनोद धामीले जानकारी दिए ।
क्षेत्र नम्बर-२ को मतगणनाबारे आधिकारिक जानकारी बाहिर नआएको पनि उनले बताए । अछामका सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी जिल्ला सदरमुकाम मंगलसेन पुर्याइएको छ । अछाममा दुईवटा निर्वाचन क्षेत्र छन् ।
अछाम-१ बाट एकीकृत समाजवादीका नेता एवं श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र नेकपा एमालेबाट झपट बोहराबीच तीव्र प्रतिष्पर्धा छ । यस्तै क्षेत्र नम्बर २ बाट एमाले नेता यज्ञ बोगटी र नेपाली कांग्रेसका पुष्पबहादुर शाहबीच चर्को प्रतिष्पर्धा हुने ठानिएको छ ।
प्रतिक्रिया