काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौंको महांकाल चौरस्थित मतदान केन्द्रबाट मतदान गरेका छन् । निर्वाचन सुरु भएपछि लामिछानेले मतदान गरेका हुन् ।
कोहि अन्यायमा नपर्ने, सवैका लागि न्यायको पहुच, अन्य मुलुकजस्तै समृद्धिको बाटोमा पुग्ने आफुले देखेको सपना भएको उनले बताए । उहाले प्रदेश संरचनामा आफुहरुको असहमति भएकाले प्रदेश सभा सदस्यको मतपत्रमा स्वस्तिक छाप नलगाइ मत खसालेको जानकारी दिए ।
उनले चितवन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया