रोल्पा । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति तथा लोकतान्त्रिक बाम गठबन्धन बाट रोल्पा ‘ख’ का प्रदेश सभा सदस्यका प्रत्यक्ष उम्मेद्वार अमरसिंह पुनले अहिलेको समय र परिस्थितिको आवश्यकता अनुसार लोकतान्त्रिक बाम गठबन्धन गरेको दाबी गरेका छन् । लोकतान्त्रिक बाम गठबन्धनको संयुक्त चुनावी सभा कार्यक्रमलाई थबाङ गाउँपालिका–२ ठूलो गाउँ थबाङमा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन । चुनावी सभा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पुनले लामो संघर्षबाट संविधान निर्माण, संघीय लोकतन्त्र गणतन्त्र तथा कयौं परिवर्तन भएको समेत बताए ।
थबाङमा पुगेर कार्यक्रममा बोल्दै गर्दा उनले महान दसबर्षे जनयुद्धको स्मरण समेत गरे । उनले यहाँ बाट धेरै मानिसले जनयुद्धमा ज्यान गुमाएको र ती सहिद घाइते अपांग, बेपत्ता परियार लगायत सबैमा सम्मान समेत व्यक्त गरेका थिए । साथै पुनले महान जनयुद्धमा भएका कयौं समस्याहरु, ब्राह बुँदे सम्झौता र बृहत शान्ति सम्झौताका मुद्दाहरु नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस लगायत संयुक्त पाँच दलीय गठबन्धनले गर्ने बताए । पुनले रोल्पा बदल्न एउटा परिवर्तन भएको बताउदै, थबाङले धेरै दुख, संघर्ष, गरेको समेत बताए ।रोल्पाको परिवर्तनका लागि थबाङ लगायत सिङ्गो रोल्पाले महत्त्वपूर्ण योगदान पुर्याएको उनको भनाई छ ।
रोल्पाको समग्र विकासका लागि प्रदेश सभामा रोल्पाबाट जोखबहादुर महरा,अमरसिंह पुन र प्रतिनिधि सभामा बषर्मान पुनलाई जिताउनुपर्ने समेत उनले बताएका छन् । अन्य प्रदेश सभाका समानुपातिक उम्मेद्वारहरु तथा प्रतिनिधि सभाका समानुपातिक उम्मेद्वारहरुलाई समेत मङ्सिर–४ को चुनावमा बिजयी गराउन समेत पुनले थबाङ गाउँपालिकाका सम्पूर्ण बासीलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया