Logo

Breaking News 1

डोटीमा भूकम्प: मृत्यु हुनेको संख्या ६ पुग्यो


२३ कार्तिक २०७९, बुधबार  

644
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशको डोटीमा भूकम्पमा परी ६ जनाको ज्यान गएको छ ।

मंगलबार राति र बुधबार बिहानको भूकम्पमा परी ६ जनाको मृत्यु भएको हो भने भने ५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँका ५० वर्षीय प्रेम बोहरा‚ ४० वर्षीय भगवती बोहरा‚ १३ वर्षीया सीता बोहरा‚ ८ वर्षीय हर्क बोहरा‚ १४ वर्षीया धन्सरी बोहरा र १४ वर्षीया तुलछी बोहराको ज्यान गएको छ । भूकम्पले घर भत्किँदा मानवीय क्षति भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाई बुधबार बिहान ६।६ म्याग्निच्युडको भूकम्प गएको हो ।डोटीमा मंगलबार राति पनि भूकम्प गएको थियो ।

याे पनि…

डोटीमा शक्तिशाली भूकम्प, ३ जनाको मृत्यु

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ८ : ०५ बजे