Logo

Breaking News 1

डोटीमा शक्तिशाली भूकम्प, ३ जनाको मृत्यु


२३ कार्तिक २०७९, बुधबार  

966
Shares

डोटी । डोटीमा केन्द्रबिन्दु बनाएर मध्यराति शक्तिशाली भूकम्प गएको छ । डोटीको खप्तड राष्ट्रिय निकुन्ज आसपासलाई केन्द्रविन्दु बनाएर बुधबार बिहान २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।

मंगलबार बेलुकादेखि डोटीमा तीनपटक भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पमा परेर डोटीमा घरसमेत भत्किएको छ ।

पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँमा ठक्कर बोहोराको घर भत्किँदा तीनजनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले जानकारी दिए ।

सुदूरपश्चिममा अहिले पनि पराकम्प गइरहेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ६ : ३७ बजे