Logo

कला/साहित्य

आर्यन र बेनिषाको ‘आउन राजा’ सार्वजनिक


२२ कार्तिक २०७९, मंगलबार  

0
Shares

 

काठमाडौं । अभिनेत्री बेनिशा हमाल र अभिनेता आर्यन सिग्देल अभिनित संगीतिक भिडियो ‘आउन राजा’ सार्वजनिक गरिएको छ । गायिका दीक्षा जे थापा र गायक एस डी योगीको स्वरमा रहेको गीतमा हर्क साउदको शब्द रचना रहेको छ भने एसडी योगीको संगीत रहेको छ।

बेनिशाले आफ्नै प्रोडक्शन कम्पनी मौरी पिक्चर्सबाट पहिलो गीत सार्वजनिक गरेकी हुन् । निर्देशक निकेश खड्काको टिमले भिडियो उत्कृष्ट बनाएको छ। भिडियोमा एक युवतिले बिहेको सपना बुन्दै एक युवकको कल्पना गरेको कथालाई निर्देशक खड्काले प्रस्तुत गरेका छन्।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  २ : ५५ बजे