रोल्पा । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति एवं लोकतान्त्रिक बाम गठबन्धन बाट प्रदेशसभा सदस्य रोल्पा ‘ख’ का प्रत्यक्ष उम्मेद्वार अमरसिंह पुनले परिवर्तन गाउँपालिका-३ बागमाराका मतदातासँग भोट मागेका छन। पुनले पसल व्यवसायी, होटल सञ्चालक, त्यहाँका नागरिकहरुसँग बिहानको समयमा भोट मागेका हुन ।
साथै मङ्सिर-४ को निर्वाचनमा प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहा-सचीव बर्षमान पुनमगरलाई हँसियाहथौडामा र आफूलाई प्रदेश सभामा रुखमा मतदान गर्न समेत अपिल गरेका थिए । घरदैलो कार्यक्रममा प्रदेश सभा सदस्यका उम्मेद्वार अमरसिंह पुन र बर्षमान पुनको तर्फबाट नेकपा माओवादी केन्द्र रोल्पा इन्चार्ज राज बहादुर बुढाले भोट मागेका थिए। समानुपातिक तर्फका नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका उपाध्यक्ष हरिप्रसाद घर्ती र राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव डम्बर बहादुर खड्का लगायत प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेद्वार तथा प्रदेश सभा सदस्य समानुपातिक उम्मेद्वारले समेत भोट मागेका हुन । पुनले परिवर्तन गाउँपालिका-३ बागमारामा रहेको बसपार्क र ब्याट्मिन्ट कबर्ड हलको समेत निरीक्षण गरेका छन् ।
प्रतिक्रिया