Logo

कला/साहित्य

युगान्डामा हुने ‘मिस प्लानेट इन्टरनेशनल’मा सहभागी हुन अफ्रिका उडिन् मनिषा र विपासना



काठमाडौं । युगान्डामा हुने ‘मिस प्लानेट इन्टरनेशनल’ कार्यक्रम सहभागि हुन् नेपालबाट मनिषा प्रधान र ‘मर्निङ ग्लोरी इन्ट्रटेन्मेन्ट’ को सिइओ तथा नेशनल डिरेक्टर विपासना खनाल क्षेत्री अफ्रिका उडेका छन् ।

नोभेम्बर ६ देखि २० गतेसम्म हुने ‘मिस प्लानेट इन्टरनेशनल’ मा सहभागी हुन उनीहरु आइतबार बिहान अफ्रिका उडेका हुन् उक्त कार्यक्रममा ८० देशहरुले प्रतिनिधित्व गर्दैछन् । उनीहरुलाई भव्यरुपमा विदाई गर्नको लागि ‘मर्निङ ग्लोरी इन्ट्रटेन्मेन्ट’ म्यानेजिङ डिरेक्टर मोहना मोथे खनाल लगायत अन्य व्यक्तिहरु विमानस्थलसम्म पुगेका थिए ।

मोहनाले विदाई गर्दै सफलताको शुभकामना दिएकी थिइन् । मनिषा भक्तपुरको मोडन बोडिङ हाईस्कूलले आयोजना गर्ने कार्यक्रम ‘मिस्टर एण्ड मिस मोडन’ २०१४ को मिस मोडन हुन् ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ८ : ४८ बजे