Logo

अर्थ

सर्वसाधारणले समेत खरिद गर्न मिल्ने सांग्रिलाको संस्थापक सेयर बिक्रीमा


१७ कार्तिक २०७९, बिहिबार  

253
Shares

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आजदेखि संस्थापक सेयरधनी नवराज बजगाईको नाममा रहेको १९ हजार ७१० कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाले आवेदन दिन सक्नेछन् ।

यसअघि विद्यमान संस्थापक सेयरधनीले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले बिहीबारबाट १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  १० : ३८ बजे