रोल्पा । नेपालहरुको दोस्रो महान चार्डपर्व तिहार सकिएको छ । यमपंञ्चको पाँचौ दिन अर्थात भाइटिका लगाए सँगै २०७९ को तिहार बिहीबार सकिएको हो । पाँच दिन जारी रहने तिहार यो बर्ष कार्त्तिक ६ गतेदेखि सुरु भएको थियो । पहिलो दिन ६ गते आइतबार काग तिहार, दोस्रो दिन ७ गते सोमबार लक्ष्मी पुजा/कुकुर तिहार, तेस्रो दिन ८ गते मंगलबार गाई पुजा, चौंथो दिन ९ गते बुधबार गोर्वधन पुजा/हलि तिहार र पाँचौ दिन १० गते बिहीबार भाइटिका परेको थियो ।भाइटिकाको दिन दिदी भाइ तथा दाजु बहिनीले भाइटिका लगाउने गर्दछ्न र आफ्नो इच्छा अनुसार दिदी बहिनीलाई दाजुभाइले दक्षिणा दिने गरेको पाइन्छ ।
भाइटिकाले दाजुभाइ दिदीबहिनीको आत्मीयतालाई मजबुत बनाउनुको साथै भाइचाराको सन्देशलाई प्रगाढ बनाउने विश्वास रहेको समेत बताइएको छ । तिहारको अवसरमा गाउँ तथा सहरमा देउसी भैलो खेल्ने प्रचलन रहेको छ । तिहारको अवसरमा आयोजित गाउँको विभिन्न ठाउँमा खेल्दै आएको देउसी भैलो कार्यक्रम समेत सकिएको छ भने सहरको तुलनामा केही ठाउँमा भाइटिकाको दिन देखि सुरु हुने गर्दछ । तिहार दिदीबहिनीले दाजुभाइको आरोग्य, ऐश्वर्य र दीर्घायुको काममा गर्दै मनाउने पर्व हो ।
पुराणमा यो दिन कार्मण्डेय लगायत अष्टरिञ्जीवी, यम र नमूनाको पूजा गरि दाजुभाइको पुजा गर्ने विधि बताइएको छ । दाजुभाइको दीर्घायुको कामना गर्दै अष्टचिरञ्जीवी, यमराज र उनकी बहिनी यमुनाको पुजा गरी दिदीबहिनीले दाजुभाइलाई टीका लगाउने परम्परा रहेको विश्वास रहेको छ ।
प्रतिक्रिया