Logo

मुख्य समाचार

राष्ट्रपति नागरिकता विधेयकलाई प्रमाणीकरण नगर्नु संविधानको ठाडो उल्लघंन हो : उपेन्द्र यादव



काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण नगर्नु संविधानको ठाडो उल्लघंन भएको बताएका छन् ।

प्रतिनिधि सभा र राष्ट्र सभाबाट दुई दुई पटक पारित भएर राष्ट्रपति भण्डारी समक्ष प्रस्तुत गर्दा पनि प्रमाणीकरण नहुनु संविधानको उल्लघंन तथा र संसदीय लोकतान्त्रिक प्रणालीको मर्ममाथि प्रहार भएको उनले प्रतिकृया दिएका छन् ।

राष्ट्रपतिको निर्णयलाई लिएर सत्तारुढ दलहरु विरोधमा उत्रिएका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ८ : ५६ बजे