Logo

स्वास्थ्य

थपिए २२७ जना कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ



काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको २२७ जना नयाँ संक्रमित थपिएका छन् ।

कुल ४ हजार ४०१ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण भएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बितेको चौबिस घण्टामा पीसीआर विधिबाट १ हजार ५१८ र एन्टीजेन विधिबाट २ हजार ८८३ जनाको कोरोना परिक्षण गरिएको थियो ।

सोही अवधिमा कोरोना भाइरसको संक्रमणका कारण एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या २ हजार ४७३ रहेको छ । बितेको चौबिस घण्टामा १६८ जना संक्रमित निको भएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहिबार  ५ : ०२ बजे