Logo

मुख्य समाचार

प्रहरी हिरासतमा रहेका शेरजंग गुरूङलाई रिहा गर्न गृहमन्त्रीको निर्देशन



काठमाडौं। पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा हिरासतमा पुगेका भिएसएफका शुरक्षागार्ड शेरजंग गुरूङलाई हिरासतमुक्त गर्न गृहमन्त्रीले निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई प्रक्रिया पुर्‍याएर गुरूङलाई रिहा गर्न निर्देशन दिएको गृहमन्त्रीका प्रेस संयोगक मधुसुदन भट्टराईले बताए ।

क्यानडाको भिसा प्रोसेसिङका लागि हिजो ठमेलस्थित छायाँसेन्टरमा पुगेका मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न भन्दा उल्टै उनीमाथि दुर्व्यवहारको आरोप लागेको थियो ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ५ : ५२ बजे