Logo

मुख्य समाचार

कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुन सघं र प्रदेश दुवैमा सिफारिस



रोल्पा । रोल्पाबाट नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुन सघं र प्रदेश दुवैमा सिफारिस भएका छन् । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको जिल्लाबाट अमरसिंह पुन दुवैतिरबाट सिफारिस भएको क्षेत्रीय सभापति गोपाल घर्ती मगरले जानकारी दिएका छन् ।

प्रदेश सभा ‘ख’ बाट पुनको एकल नाम सिफारिस गरिएको छ, भने समानुपातिक तर्फ गोपाल घर्ती मगर र रिता विकलाई सिफारिस गरिएको छ । प्रतिनिधि सभाको प्रत्यक्षमा टेकबहादुर बस्नेत र सङ्ख बहादुर छन्त्याल पनि सिफारिस भएका छन् । बस्नेत र छन्त्याल दुवै लुम्बिनी प्रदेश सदस्य हुन् ।

यस्तै समानुपातिक तर्फबाट सुरेन्द्र हमाल र भीमकुमारी बुढाको नाम सिफारिस भएको छ । हमाल पूर्व राज्यमन्त्री र बुढाले पूर्व सहायक मन्त्री हुन् । यस्तै प्रदेश सभा क’ बाट प्रत्यक्षमा मानबहादुर खत्री, मनोजमणि आचार्य, दुर्गाबहादुर खडका, चन्द्रप्रकाश आचार्य, भीमकला बुढाथोकी, पुष्पा श्रेष्ठ, र अजुन बहादुर खड्का सिफारिस भएका छन् ।

माधवप्रसाद आचार्य, मानबहादुर खत्री, श्रीकुमारी रोका मगर, देवा आचार्य, महेन्द्र पुन मगर, हुमादेवी भण्डारी, तीजा विष्ट, सीम बहादुर विष्ट, इन्द्रबहादुर खत्री, मनि कला राना मगर र लालकुमारी पुन मगर पनि समानुपातिक सिफारिसमा परेका छन ।

 

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  २ : ०० बजे