Logo

मुख्य समाचार

महाअभियोग समितिको बैठक २५ भदौमा बस्ने



 

काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक २५ भदौमा बस्ने भएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग समितिले आज पाँचवटा प्रश्न सोधेको थियो । आजको बैठक एक घन्टा बसेको थियो । एक घन्टामा पाँच प्रश्न सोधिएको थियो ।

निर्वाचनको तयारीका लागि दलका नेताहरू जिल्ला जिल्लामा जानुपर्ने भएकोले बैठक ६ दिन पर सारिएको समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए ।

आजको बैठकमा समिति सदस्यहरूले जबरासँग पूर्वडीआइजी रञ्जन कोइरालाबारे प्रश्न सोधेका थिए ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  १ : ०९ बजे