Logo

कर्णाली प्रदेश

लोकसेवाद्धारा २१ परीक्षार्थीलाई कारबाही



 

सुर्खेत । कर्णाली प्रदेश लोकसेवा आयोगले २१ जना विद्यार्थीलाइ कारबाही गरेको छ । उत्तरपुस्तिकामा नाम, रोलनम्बर र सम्पर्क नम्बर राखेर परीक्षकलाई प्रभावित पार्न खोज्नेको भन्दै २१ जना परीक्षार्थीलाई कारबाही गरिएको हो ।

आयोगले गत जेठ २१ गते लिएको परीक्षाको उत्तर पुस्तिकामा परीक्षार्थीले आफ्नो मोबाइल नम्बर, भित्रि पृष्टमा नाम रोल नम्बर लेखेको आयोगले जनाएको छ ।

आयोगको लिखित परीक्षा नतिजा शाखाले विज्ञापन इन्जिनियरिङ सेवा, सिभिल समूह, एकीकृत उपसमूह सहायकस्तर पाँचौं तह र सवइन्जिनियर पदको लागि ०७९ जेठ २१ गते परीक्षा सञ्चालन गरेको थियो । २० जनाले भित्रि पृष्टमा नाम र रोलनम्बर लेखेको आयोगका शाखा अधिकृत कमलप्रसाद उपाध्यायले जानकारी दिए । २० जनालाई १ वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरि कारबाही गरिएको छ ।

एक जनालाइ दुइ वर्ष सम्मा परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको छ । उनका अनुसार २१ जनाकै परीक्षा रद्द गरि कारबाही गरिएको छ । प्रदेश लोक सेवा आयोग ऐन ०७५ को दफा ६४ को १ ख बमोजिम कारबाही गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  १२ : ५९ बजे