Logo

प्रवास

एक वर्षमा युएईमा १७४ जना नेपालीको मृत्यु, पीडित परिवारले पाए साढे ११ करोड क्षतिपूर्ति


१७ भाद्र २०७९, शुक्रबार  

115
Shares

काठमाडौं । वैदेशिकक रोजगारीको सिलसिलामा खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (युएई)पुगेका नेपाली कामदारमध्ये एक वर्षमा १७४ जनाको मृत्यु भएको छ ।

युएईस्थित नेपाली दूतावासका अनुसार गत आर्थिक वर्ष २०७८र७९ मा उनीहरुको त्यहाँ मृत्यु भएको हो ।

मृत्यु भएकामध्ये १६७ जना शव नेपाल पठाइएको र ७ जनाको अन्तिम संस्कार युएईमा नै गरिएको दूतावासले जनाएको छ ।

सोही वर्ष वैदेशिक रोेजगारीका क्रममा युएईमा मृत्यु र घाइते भएकाहरुले ३२ लाख ७५ हजार ७६३ युएई दिराम ९करिव ११ करोड ४० लाख ९७ हजार १७७ रुपैयाँ० क्षतिपूर्ति वापत प्राप्त गरेको जानकारी दूतावासले दिएको छ ।

दूतावासका अनुसार क्षतिपूर्ति वापात प्राप्त रकम सम्बन्धीत पीडितको परिवारलाई उपलब्ध गरिएको छ ।

युएईमा तीन लाखभन्दा बढी नेपाली कामदार रहेको अनुमान छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  १ : ०५ बजे