Logo

विश्व

श्रीलंकामा खर्च कटौती गर्ने तयारी



कोलम्बो । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले अन्तरिम बजेट प्रस्तुत गर्दा खर्च घटाउने तयारी गरेका छन् । पर्यटनमा निर्भर श्रीलंकाले सन् १९४८ को स्वतन्त्रपछि अहिलेसम्मकै ठूलो आर्थिक संकट सामना गरेको छ । विदेशी मुद्रा सञ्चिति सकिँदा अत्यावश्यक बस्तुको अभाव हुनुका साथै आधारभूत सामाग्रीको मूल्य आकाशिएको छ ।

जुलाईमा विद्रोहका कारण गोटाबाय राजापाक्षेले राजीनामा दिएपछि राष्ट्रपति बनेका विक्रमासिंघेले सार्वजनिक खर्च कटौती गर्ने बताएका छन् । रक्षालगायत कल्याणका लागि कोष पठाउन र ऋणको ब्याज तिर्न खर्चमा ‘केही सय अर्ब’ रुपैयाँ कटौती गरिने उनले बताए ।

श्रीलंकाले नोभेम्बरमा प्रस्तुत गरेको अन्तिम बजेटमा १० दशमलब ९९ अर्ब डलर खर्च गर्ने लक्ष्य राखेको थियो ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ३ : १८ बजे