Logo

गण्डकी प्रदेश

लमजुङमा पनि ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु




लमजुङ। नेपाली कांग्रेस लमजुङले आगामी मसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन लक्षित गरी ुजनताको साथमा कांग्रेसु अभियानको औपचारिक सुरुवात गरेको छ । देशभर शुक्रबारदेखि सुरु गर्ने भनिएको अभियान आइतबारबाट लमजुङमा पनि सुरु गरिएको हो ।

लमजुङमा अभियान सुरु गर्दै केन्द्रीय प्रतिनिधि एवं केन्द्रीय सदस्य शंकर भण्डारी मुलुकको दिगो विकास र समृद्धिका लागि कांग्रेसको आवश्यक परेको भन्दै आगामी निर्वाचनको परिणाम कांग्रेसको पक्षमा पार्न अभियान सुरु गरिएको बताए ।

मुलुकको राजनीतिक इतिहासमा ठूला र महत्वपुर्ण परिवर्तनमा कांग्रेसको नेतृत्व रहेको उल्लेख गर्दै नेता भण्डारीले अब देशको विकास र समृद्धिका लागि पनि कांग्रेसको विकल्प नरहेको दाबी गरे ।

कांग्रेस लमजुङका सभापति डा। टकराज गुरुङसहित अभियान सुरुवात कार्यक्रममा सहभागी थिए । कार्यक्रममा अभियानलाई सफल बनाउन जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय समिति, पालिका स्तरीय समिति र अन्य भातृ तथा शुभेच्छुक सँगठनका प्रमुखहरुसँग छलफल तथा अन्तरक्रिया समेत भएको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ४ : २५ बजे