Logo

कोशी

दिक्तेल रुपाकोटको निर्णय सडक तथा पुल निर्माणमा समन्वय गर्ने, लेखा कर्मचारीको तलब वृद्धि गर्ने


१० भाद्र २०७९, शुक्रबार  

230
Shares

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अन्तरपालिका जोड्ने सडक तथा पुल निर्माणका लागि छिमेकी पालिकासँग समन्वय गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले अन्तरपालिका जोड्ने सडक तथा सडक पुलको पहिचान गरी निर्माणका लागि सम्वन्धित पालिकासँग समन्वय र सहकार्य गर्ने निर्णय गरेको हो ।

सडक तथा सडक पुल निर्माणका लागि बिस्तृत परियोजना प्रतिवेदन (डीपीआर) आइइइ/इआइए/बिइएस र डिजाइन स्टीमेट तयार गरी संघीय तथा प्रादेशिक मन्त्रालय तथा निकायमा माग प्रस्ताव गर्ने निर्णय गरिएको नगरका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए ।

अन्तरपालिका जोड्ने सडक, पुल लगायतका संरचना निर्माण वा कार्यक्रम सञ्चालनमा पालिका–पालिकाबिचमा समन्वय र सहकार्य हुन नसकिरहेको अवस्थामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अन्तरपालिका सहकार्यको निर्णय गरेको हो ।

विद्यालय लेखा कर्मचारीको तलब वृद्धि

नगर कार्यपालिका बैठकले नगरका २१ वटा माविमा कार्यरत २१ विद्यालय लेखा कर्मचारीको तलव मासिक २० हजार पुर्‍याउने निर्णय गरेको छ । यस्तै, शिक्षातर्फको बजेट तथा कार्यक्रममा माबि तहमा अंग्रेजी, गणित र विज्ञान विषयमा शिक्षण सहयोग अनुदान शिर्षकमा विगतका वर्षभन्दा कम रकम प्राप्त भएकोले विगतका वर्षहरुमा अनुदान दिइँदै आएको रकमबाट विद्यालयलाई दामासाही रुपमा अनुदान प्रदान गर्ने निर्णय गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए ।

त्यसैगरी नगर शिक्षक अनुदान शिर्षक अन्तर्गत विनियोजित रकमबाट विगतका वर्षहरुमा अनुदान दिँदै आएको विद्यालयलाई दामासाही रुपमा अनुदान प्रदान गर्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ११ : ३८ बजे