Logo

समाचार

बुधबार ३ हजार बढी सवारी चालकमाथि कारबाही



काठमाडौँ ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन ३ हजार १९६ जना सवारी चालकलाई कारबाही गरेको छ।

ट्राफिक नियम उल्लंघन गर्ने बुधबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा १९७ जना मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने चालकहरु रहेका छन् ।

लेन अनुशासन पालना नगर्ने ७०, रेड लाइटमा सवारी साधन चलाउने ६३, निषेधित क्षेत्रमा हर्न बजाउने १९९, नम्बर प्लेट राम्रोसँग नराख्ने २२ जना सवारी चालकलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार २ हजार ६५५ जना सवारी चालकलाई अन्य कारबाही गरिएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहिबार  १ : ४२ बजे