Logo

अर्थ

प्रि-ओपन सेसनमा नेप्सेमा झिनो अंकको वृद्धि



काठमाडौं । बिहीबार प्रि –ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक बढेको छ । बुधबार २।८६ अंक बढेर २०५७।८४ विन्दुमा बन्द भएको नेप्से बिहीबार सो सेसनमा ०।१७ अंक बढेर २०५८।०१ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०।०४ अंक बढेको छ ।

बिहीबार प्रि–ओपन सेसनमा २५ स्टकको ३ लाख ७६ हजार ७० रुपैयाँ ६० पैसा बराबरको ५२३ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये १४ वटा स्टकको मूल्य बढेको छ भने ९ वटाको घटेको छ । र बाँकी १ स्टकको मूल्य स्थिर छ ।

प्रकाशित मिति : ९ भाद्र २०७९, बिहिबार  १२ : ५० बजे