Logo

Breaking News 1

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि !



काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्ने भएको छ । यसअघि सोमबार साँझ बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि सिट बाँडफाँटमा सहमति जुटाउन आज पुन: बैठक बस्न लागेको हो ।

सोमबारको बैठकमा सिट बाँडफाँटबारे छलफल भए पनि सहमति जुट्न सकेको थिएन । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार गठबन्धनका शीर्ष नेताहरूको बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । छलफल सहमति निकट पुगेकाले आजको बैठकमा सहमति जुट्न सक्ने कार्कीको दाबी छ ।

आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँट गरेर चुनाव जाने सहमति भए पनि सहमति जुट्न नसक्दा अन्योलता बढेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ७ : १० बजे