Logo

मुख्य समाचार

भवन बनेको तीन वर्षमा पनि सञ्चालनमा आएन प्रसूति गृह



रौतहट । भवन बनेको तीन वर्ष नाघि सक्दा समेत गुजरा नगरपालिकाको प्रसूति गृह अझै सञ्चालनमा आउन सकेको छैन ।

नेपाल सरकार, गुजरा नगरपालिका र नेपाल ग्रामीण पुनर्निर्माण संस्थाको सहयोगमा निमार्ण भएको उक्त भवन सञ्चालनमा आउन नसक्दा प्रसूति सेवा लिने स्थानीयवासी अन्यत्र जानुपर्ने बाध्यता छ ।

तीन वर्षअघि भवन निर्माणको काम सकिएको भए पनि गुजरा नगरपालिकाले प्रसूति सेवा सञ्चालनमा ल्याउन नसक्दा प्रसूति गराउन चन्द्रनिगाहपुर र वीरगञ्ज लगायत ठाउँमा जानुपर्ने बाध्यता रहेको स्थानिय गोबिन्द सापकोटाले बताए । उनका अनुसार राती प्रसूति गराउनका लागि निकै समस्या हुदैँ आएको छ ।

करिब ४१ लाखको लागतमा गुजरा नगरपालिका– २ को कटानी बजारमा उक्त भवन निमार्ण गरिएको हो ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  १० : २८ बजे