Logo

समाचार

४२ जना स्कुल तथा कलेज बसका चालकमाथि कारवाही, पाँच जना मापसे गरी सवारी साधन चलाउने



काठमाडौं । काठमाण्डौ उपत्यकामा आज ४२ जना स्कुल तथा कलेज बसका चालकहरूलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउने पाँच जना चालक रहेका छन् ।

बाँसबारी स्थित मिल्स बेरी कलेज, चोभार स्थित मोर्डन ईण्डियन स्कुल, चुच्चेपाटी स्थित मनास्लु स्कुल, कालिकास्थान स्थित ट्रिनिटी कलेज र बालकुमारी स्थित कान्जिरोवा कलेजका चालकलाई मदिरा सेवन गरी सवारी साधन चलाएको कसुरमा आज बिहान ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

यस्तै अवस्थामा ठिक नभएका सवारी चलाउने २९ र सिटबेल्ट नलगाउने ८ जना स्कुल तथा कलेज बसका चालकहरू पनि कारवाहीमा परेका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  १२ : ४२ बजे