Logo

मुख्य समाचार

उपसभामुख भुसाललाई मातृशोक



काठमाडौं । उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृशोक परेको छ।

उपसभामुख गौतमकी आमा ९१ वर्षीया शारदा गौतमको शनिवार बुढानिलकण्ठस्थित निवासमै निधन भएको हो ।

दिवंगत शारदा गौतम नेपाली राष्ट्रिय कांग्रेसकी संस्थापकमध्येका एक वीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारका स्वास्थ्यमन्त्री काशीनाथ गौतमकी जीवनसंगिनी हुन् ।

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ३ : १३ बजे