Logo

मुख्य समाचार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

लामो समयदेखि माओवादीले पदाधिकारी टुंगो लगाउन सकेको छैन । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकले पदाधिकारी र स्थायी समितिलाई पूर्णता दिने बताइएको छ ।

यसअघि शुक्रबार पदाधिकारी टुंगो लगाउन बोलाइएको बैठक निष्कर्षविहीन सकिएको थियो ।

माओवादीमा वर्षमान पुन र जनार्दन शर्मालेबीच महासचिवका लागि टक्कर देखिएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  १० : २७ बजे