Logo

Breaking News 1

कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु



काठमाडौं । चितवनको इच्छाकामना-४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु भएको छ।

काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा उतै गइरहेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक दैलेखका २५ वर्षीय सरोज रोकाया र पछाडि बसेका काठमाडौंका ३२ वर्षीय सरोज माझीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटना बिहान ३ बजेतिर भएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ९ : ३३ बजे