Logo

मुख्य समाचार

म्याग्दीमा सात वर्षीया बालिका बलात्कृत



काठमाडौं । म्याग्दीमा एक ७ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेनी नगरपालिका-४ हरियाली चोक बस्ने ४८ वर्षीय कमल घतानेलाई बुधबार पक्राउ गरको छ ।

घतानेले ती बालिकालाई गत साउन ३१ गते दिउँसो बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिगातातोपानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  १ : ३५ बजे