Logo

मुख्य समाचार

नागरिकता विधेयकको विरोधमा संसद भवन अगाडि प्रदर्शन



काठमाडौं । नागरिकता विधेयकको विरोधमा देशभक्त युवा नेपालले बिहीबार काठमाडौ‌मा संसद् भवनअगाडि गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको छ ।

प्रहरीले सात प्रदर्शनकारी युवालाई पक्राउ गरेको छ ।

आजको प्रतिनिधिसभा बैठकमा नागरिकता विधयेक पारित गर्ने कार्यसूची सार्वजनिक भएपछि संसद् भवन अगाडि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  १२ : ५४ बजे