Logo

अर्थ

सुनचाँदीको भाउ घट्यो, कतिमा कारोबार भइरहेको छ ?



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

बिहीबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार नौ सय रुपैयाँ कायम भएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार चार सय रुपैयाँ तोकिएको छ ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर ११ सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  १२ : १५ बजे