Logo

मुख्य समाचार

पदाधिकारी टुंग्याउँदै माओवादी: महासचिवमा गुरुङको सम्भावना



काठमाडौं । नेकपा माओवादी केन्द्रले आज पदाधिकारी टुंगो लगाउँदैछ ।

माओवादी पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार पेरिसडाँडामा बसिरहेको स्थायी कमिटी बैठकले पदाधिकारी टुंग्याउने भएको हो ।

माओवादी स्रोतले दिएको जानकारीअनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महासचिव देव गुरुङलाई बनाउने तयारी गरेका छन् ।

महासचिव कसलाई बनाउने भन्ने टुंगो नलाग्दा अहिलेसम्म पदाधिकारी चयन हुन सकेका थिएनन् । महासचिवमा वर्षमान पुन र जनार्दन शर्माबीच टक्कर परेपछि पदाधिकारी टुंगो लगाउन प्रचण्डलाई सकस परेको थियो ।

प्रचण्डले पुन र शर्मालाई भने उपाध्यक्ष बनाउने तयारी गरेका छन् । त्यस्तै, कृष्णबहादुर महरा, मातृका यादव र पम्फा भुसाललाई पनि उपाध्यक्ष बनाउनेगरी प्रचण्डले तयारी गरेका छन।

वरिष्ठ उपाध्यक्षमा यसअघि नै नारायणकाजी श्रेष्ठलाई प्रचण्डले घोषणा गरिसकेका छन्।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहिबार  ९ : २४ बजे