Logo

Breaking News 1

बञ्चरेडाँडामा प्रहरीले चलायो गोली


३१ श्रावण २०७९, मंगलबार  

161
Shares

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बोकेर बञ्चरेडाँडा गएका फोहोरका गाडीलाई आज पनि अवरोध गरेपछि प्रहरीले हवाई फायर गरको छ ।

स्थानीयले फोहोरका गाडीमा माथिबाट ढुंगा हानेपछि प्रहरीले हवाई फायर गरेको हो । स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेपछि पाँच राउन्ड हवाई फायर गरेको प्रहरीले जानकारी दिएको छ ।

स्थानीयको अवरोधपछि २ सय भन्दा धेरै फोहोर बोकेका गाडी बाटोमै रोकिएका थिए । यसैबीच, स्थानीयले भने आफूहरुले हिजैबाट आन्दोलन फिर्ता लिएको स्पष्ट पारेका छन् ।

सरकारले आफ्ना माग सम्बोधनका लागि तीन महिना समय मागेपछि थप तीन महिना समय दिएर आफूहरुले आन्दोलन रोकेको सिसडोल(बञ्चरेडाँडा संघर्ष समितिका अध्यक्ष श्रीराम ढुंगानाले जानकारी दिए ।

आन्दोलन फिर्तासँगै राजधानीको फोहोर उठाउन थालिएको थियो । तर, राजनीतिक दलहरुले फेरि अवरोध सुरु गरेका हुन् ।

सोमबार पनि नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र राप्रपाले फोहोर विसर्जनमा अवरोध गरेका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ३ : ५५ बजे