Logo

मुख्य समाचार

फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडी आज पनि रोकियो, स्थानीय भन्छन्-हामीलाई थाहा छैन


३१ श्रावण २०७९, मंगलबार  

276
Shares

काठमाडौं । काठमाडौंको फोहोर बोकेर गएका गाडीलाई आज पनि बाटोमै रोकिएको छ ।

स्थानीय राजनीतिक दलका कार्याकर्ताहरुले फोहोर रोकेको बताइएको छ । स्थानीयले भने हिजैबाट आफूहरुले आन्दोलन फिर्ता लिएको स्पष्ट पारेका छन् ।

सरकारले आफ्ना माग सम्बोधनका लागि तीन महिना समय मागेपछि थप तीन महिना समय दिएर आफूहरुले आन्दोलन रोकेको सिसडोल-बञ्चरेडाँडा संघर्ष समितिका अध्यक्ष श्रीराम ढुंगानाले जानकारी दिए ।

आन्दोलन फिर्तासँगै राजधानीको फोहोर उठाउन थालिएको थियो । तर, राजनीतिक दलहरुले फेरि अवरोध सुरु गरेका हुन् ।

सोमबार पनि नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र राप्रपाले फोहोर विसर्जनमा अवरोध गरेका थिए ।

उनीहले अहिले फोहोरका गाडीमाथि ढुंगा प्रहार गरिरहेका छन् । अवरोधपछि २ सय भन्दा धेरै फोहोरका गाडी बाटोमै रोकिएका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ३ : ३७ बजे