Logo

Breaking News 1

निर्वाचन कार्यालय पुगेर वामदेवले भने-‘माओवादीको चुनाव चिन्हमा मलाई सजिलो पर्ने भयो’


३१ श्रावण २०७९, मंगलबार  

92
Shares

काठमाडौं । माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचनमा सहभागी हुने सहमतिपछि नेता वामदेव गौतम निर्वाचन आयोगको कार्यालय पुगेका छन् ।

मंगलबार दिउँसो आयोगको कार्यालय पुगेका उनले माओवादी केन्द्रको चुनाव चिन्ह लिएर आगामी संघीय निर्वाचन लड्ने तयारी भइरहेको र यसैको प्रक्रिया बारे बिषय बुझ्न आएको प्रतिक्रिया दिएका छन् ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र वामदेव गौतमले आगामी निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्ह हसिया हतौडा लिएर उठ्ने भएका छन् ।

आयोगमा पत्रकारहरुसँग कुराकानी गर्दै गौतमले आफूलाई माओवादीको चुनाव चिन्हबाट निर्वाचन लड्दा सजिलो हुने बताए ।

‘माओवादीको चुनाव चिन्हमा मलाई सजिलो पर्ने भयो,’ गौतमले भने, ‘प्रचण्डजीलाई मैले जिम्मा दिएको छु। उहाँले दाबी गर्नुहुन्छ कि उहाँले नै दिनुहुन्छ त्यो उहाँको कुरा।’

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ३ : १५ बजे