Logo

समाचार

सेवाग्राहीसँग घुस लिने खानेपानी लिमिटेडका प्लम्बर खुलाल अख्तियारको नियन्त्रणमा


३१ श्रावण २०७९, मंगलबार  

736
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुशन्धान आयोले काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महांकाल चौर शाखामा कार्यरत सिनियर प्लम्बर गणेशबहादुर खुलाललाई सेवाग्राहीसँग लिएको घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

सोही क्रममा टोलीले खुलाललाई सेवाग्राहीबाट लिएको पाँच हजार घुस रकम सहित नियन्त्रणमा लिएको हो । उनलाई खानेपानीको कार्यकक्षबाटै नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  २ : ४४ बजे