Logo

विश्व

बस र तेल ट्यांकर ठोक्किएर आगलागी हुँदा २० जनाको जलेर मृत्यु


३१ श्रावण २०७९, मंगलबार  

299
Shares

काठमाडौंँ । पाकिस्तानको पन्जाब प्रान्तमा एउटा यात्रुबस र तेल बोक्ने ट्यांकर ठोक्किँदा २० जनाको मृत्यु भएको छ ।

बस र ट्यांकर एकापसमा ठोक्किँदा आगो लागेपछि जलेर उनीहरुको मृत्यु भएको हो । यो पन्जाब प्रान्तमा तीन दिनयता भएको दोस्रो ठूलो सवारी दुर्घटना हो ।

दुर्घटना लाहोरबाट करिब ३५० किलोमिटर टाढा मुलतानको राजमार्गमा भएको थियो । तीब्र गतिका कारण उक्त दुर्घटना भएको जनाइएको छ ।

दुर्घटनापछि दुर्घटनाग्रस्त सडक खण्डमा लामो समय सवारी आवगमन ठप्प भएको थियो । दुर्घटनाका घाइतेका अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  २ : १८ बजे