Logo

Breaking News 1

नागरिकता विधेयक प्रतिनिधिबाट पास गरेर फेरि राष्ट्रपतिलाई पठाउने गठबन्धनको निर्णय


३१ श्रावण २०७९, मंगलबार  

46
Shares

काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनले राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक फेरि प्रतिनिधिसभाबाट पारित गराएर राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाउने निर्णय गरेको छ ।

मंगलबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले पुन: जस्ताको तस्तै पारित गराएर पठाउने निर्णय गरेको हो ।

संसद्ले साउन १५ मा पास गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले २९ साउनमा १५ बुँदे सुझावसहित पुनस् विचारका लागि फिर्ता पठाएकी थिइन् ।

यस्तै, गठबन्धनले सत्य निरूपण तथा मेलमिलाप आयोगका विषयमा सरोकारवालाहरू, मानव अधिकारकर्मी तथा नागरिक समाजका सुझावलाई मनन गरेर विधेयक अगाडि बढाउने निर्णय पनि भएको छ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  १ : ४८ बजे