Logo

मुख्य समाचार

संघीय सरकारविरुद्व मधेश सरकारको आन्दोलन स्थगित


३१ श्रावण २०७९, मंगलबार  

69
Shares

काठमाडौं । मधेश प्रदेश सरकारले संघीय सरकारविरुद्व थालेको आन्दोलन स्थगित गरेको छ ।

प्रहरी समायोजनको माग गर्दै आन्दोलन सुरु गरेको मधेश सरकारले माग सम्बोधन हुने आश्वासन पाएसँगै आन्दोलन स्थगित गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि प्रहरी समायोजन गर्ने आश्वासन दिएपछि मधेश सरकारले आन्दोलन स्थगित गरेको हो ।

गृहमन्त्री बालकृष्ण खाँडसँग कुराकानी भएपछि प्रधानमन्त्रीसँग पनि कुराकानी भएको र प्रधानमन्त्रीले समायोजनका लागि सकारात्मक रहेको बताएपछि आन्दोलन फिर्ता लिएको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए ।

प्रदेश प्रमुखको कार्यालय अगाडि मधेस सरकारले तीन दिनदेखि धर्ना दिँदै आएको थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  १ : २२ बजे