Logo

अर्थ

मंगलबार सात सय रुपैयाँले घट्यो सुनको मूल्य


३१ श्रावण २०७९, मंगलबार  

161
Shares

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

सोमबार प्रतितोला ९७ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा सात सय रुपैयाँले घटेर ९६ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन प्रतितोला ९६ हजार दुई सय रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १५ रुपैयाँ घटेपछि चाँदी प्रतितोला एक हजार २२० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार चाँदी एक हजार २३५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  १२ : ३६ बजे