Logo

मुख्य समाचार

राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकबारेको पत्र प्रतिनिधिसभामा पेस


३१ श्रावण २०७९, मंगलबार  

23
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयकबारेको पत्र प्रतिनिधिसभा बैठकमा पेश भएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा सो पत्र पेश भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाको अनुमतिपछि प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले उक्त पत्र पढेर संसदलाई सुनाएका थिए ।

पत्रमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नेपालको नागरिकता प्राप्तिसम्बन्धी विषयमा संघीय संसदबाट पुनः गहन छलफल, विमर्श गर्न आवश्यक रहेको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  १२ : ३१ बजे