Logo

मुख्य समाचार

राति होटलमा बसेका महिला र पुरुष बिहान मृत फेला


३१ श्रावण २०७९, मंगलबार  

414
Shares

काठमाडौं । रुपन्देहीको बुटवलस्थित एक होटलमा एक महिला र पुरुष मृत अवस्थामा फेला परेका छन् ।

आइतबार राति बुटवल फूलबारी चोकमा रहेको स्याङजा कारीकोटे होटलमा बसेका धादिङ्गको कुमपुर घर भएका अन्दाजी ३५ वर्षकासिताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी पुष्पा मृत फेला परेका हुन् ।

युवती पलङ्गमा उत्तानो परेको अवस्थामा र युवक कोठाको पंखामा झुण्डिएको अवस्थामा फेला परेका प्रहरीले जानकारी दिएको छ ।

महिलाको थर र घरको पूरा ठेगाना खुल्न सकेको छैन । महिलाका श्रीमान वैदेशिक रोजगारीमा रहेको भन्ने सूचना पाएको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ९ : ३३ बजे