Logo

मुख्य समाचार

माओवादी स्थायी कमिटी बैठक जारी


३१ श्रावण २०७९, मंगलबार  

46
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अहिले बसिरहेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको बैठकमा आगामी निर्वाचन साथै गठबन्धनबीच सिट बाँडफाँटको विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

यस्तै, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)सँग आगामी निर्वाचनमा सहकार्य गर्ने विषयमा पनि छलफल हुनेछ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच आगामी निर्वाचनमा एकै चुनाव चिन्ह र घोषणापत्रबाट निर्वाचन लड्ने सैद्वान्तिक सहमति भइसकेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ९ : १७ बजे