Logo

मुख्य समाचार

नागरिकता विधेयक फिर्ताबारे गगन थापाको टिप्पणी-‘राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्नुभयो’


३० श्रावण २०७९, सोमबार  

1.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गर्नुलाई सामान्य तवरले लिनुपर्ने बताएका छन् ।

राजधानीमा आयोजित कांग्रेसका स्थानीय जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गरेकाले आक्रोशित हुनुपर्ने अवस्था नरहेको बताएका हुन् ।

संवैधानिक अधिकार प्रयोग गरेर राष्ट्रपति भण्डारीले नागरिकता विधेयक फिर्ता गरेको उनको भनाई रहेको थियो । थापाले राष्ट्रपतिले विधेयक फिर्ता गर्नुलाई समान्य रुपमा लिएर संसदले पनि आफ्नो अधिकार प्रयोग गरेर अगाडि बढ्नुपर्ने बताए ।

‘संविधानमा गरेको व्यवस्थाका आधारमा फर्काएकै कुरालाई लिएर ठूलो आक्रोश प्रतिक्रिया व्यक्त गर्नुपर्ने, असंवैधानिक भन्नुपर्ने मलाई लाग्दैन,थापाले भने ।’

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  २ : २३ बजे