Logo

Breaking News 1

फोहोरमा राजनीति: स्थानीयले आन्दोलन फिर्ता लिए, राजनीतिक दलले फेरि रोके



काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका सबै गाडीहरुलाई सोमबार पनि फोहोर बिसर्जन गर्न रोकिएको छ ।

आजबाट स्थानीयले आन्दोलनका कार्यक्रम रोकेपनि राजनीतिक दलहरुले आज रोकेका हुन् । आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले विज्ञप्ति जारी गर्दै फोहोर बिसर्जन गर्न नदिने बताएका थिए । फोहोर बिसर्जनमाअवरोध गर्नमा तीन दल मात्रै नभई नेकपा एमाले र राप्रपा पनि लागेको छ ।

हिजो धादिङको धुनिबेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त विज्ञप्ति निकालेर बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका थिए । आज दिउँसो सबै दलले संयुक्त वक्तव्य निकाल्ने तयारी भइरहेको छ ।

हिजो २५ वटा गाडीले मात्रै फोहोर फालेका थिए । मन्त्रिपरिषद्को निर्णय निर्देशन र सहरी विकास मन्त्रालयले कार्यान्वयन गर्न दुई महनाभित्र सबै समस्या समाधानको संयुक्त प्रतिवेदन मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरेसँगै स्थानीय बासीले भने आजबाट आन्दोलन फिर्ता लिएका हुन् । यसका लागि मन्त्रालयका पदाधिकारीहरूले प्राविधिक टोलीसँग संयुक्त हस्ताक्षर गरेका छन् ।

स्थानीय बासिन्दाहरुले भने राजनीतिक दलहरुले आफ्नो स्वार्थपूर्तिका लागि फोहोर विसर्जनमा अवरोध गरेको आरोप लगाएका छन् ।

फाहोर पीडित स्थानीयबासीहरुले भने फोहोरको नाममा राजनीति गर्नेहरुसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ११ : १३ बजे