Logo

मुख्य समाचार

सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक जारी



काठमाडौं । सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक बसिरहेको छ ।

आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको सुरक्षा रणनीति तय गर्नका लागि समितिको बैठक बसिरहेको हो ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा गृहसचिव टेकनारायण पाण्डे र रक्षासचिव किरण शर्मासहित चारवटै सुरक्षा निकायका उच्च अधिकारी सम्मिलित बैठक गृह मन्त्रालयमा बसिरहेको हो ।

बैठकमा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह‚ सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल र नेपाली सेनाका बलाधीकृत रथी बालकृष्ण कार्कीसहितका सुरक्षा अधिकारी सहभागी छन् ।

सरकारले मंसिर ४ का लागि प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  १० : ५९ बजे