Logo

मुख्य समाचार

टिपरले किचेर बाख्रा मारेको भन्दै स्थानीयले फेरि रोके उपत्यकाबाट फोहोर बोकेर गएका टिपर



काठमाडौं । लामो समयदेखि निरन्तर रुपमा उठ्न नसकेको उपत्यकाको फोहोर बोकेर आइतबार बञ्चरेडाँडा गएका टिपरलाई फेरि बाटोमै रोकिएको छ ।

फोहोर बोकेको टिपरले किचेर बाख्रा मरेको भन्दै स्थानीयले बाटो बन्द गरेका छन् ।

स्थानीयले बाख्राको क्षतिपूर्तिको माग गर्दै आन्दोलन गरेका हुन् । स्थानीयले सडक बन्द गरेपछि फोहोर बोकेका टिपरहरु सडकमा लामबद्व भएर बसेका छन् ।

शनिबार फोहोरका १५२ वटा गाडीहरु बञ्चरे डाँडा पुगेको थियो । कुनै अवरोध नभएमा आजबाट दैनिक २५० देखि ३५० गाडीहरु फोहोर बोकेर बञ्चरेडाँडा जाने बताइएको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  २ : ०६ बजे