Logo

Breaking News 1

‘७१ दिन भयो प्रधानमन्त्रीले फोहोर उठाउन कुनै पहल गर्नुभएन’: योगेश भट्टराई



काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले सरकारले काठमाडौं उपत्यकाको फोहोर उठाउन नसकेको भन्दै आलोचना गरेका छन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै भट्टराईले फोहोर उठाउनका लागि सरकारले कुनै पहल नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

‘यसअघि काठमाडौंको फोहोर १४ दिनसम्म नउठेको इतिहास छ । आइतबार ७१ दिन भयो प्रधानमन्त्रीले कुनै पहल गर्नुभएको छैन, उनले भने ।’

भट्टराईले काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र साहलाई फोहोर उठाउने सन्दर्भमा सरकारको भर नपर्न पनि सुझाव दिए ।

उनले फोहोर व्यवस्थापनका लागि सहयोग गर्न एमाले तयार रहेको भन्दै ठोस प्रस्तावसहित एमालेसँग सल्लाह लिन आउन अनुरोध गरे ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  १ : ४४ बजे